IME Life New

नयाँ स्टक एक्सचेन्जको प्रकृयाँ अगाडी बढाउन लगानीकर्ताको माग, अर्थमन्त्रीलाई दिए ६ बुँदे सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पूँजी बजार लगानीकर्ता संघ संघठनले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर ६ बुँदे सुझाव सहितको माग पत्र पेश गरेका छन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसी राम ढकाल, शेयर लगानीकर्ता संई नेपालका कार्य बहाक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले संयुक्त रुपमा पूँजी बजारको अवस्था र सुधारका लागि ६ बुँदे माग प्रस्तुत गरेका हुन् ।

लगानीकर्ताहरुले खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाईसेन्स वितरण प्रक्रिया बिना ढिलासुस्ति कार्यान्वयन गर्न अनुरोध गरेका छन् । १२ करोड (बाह्र करोड) सम्मको शेयर कर्जाको सिमाले शेयरबजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरेका हुन् ।

Crest

त्यस्तै शेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गरिदिन अनुरोध गरिएको छ । लगानीकर्तालाई अल्पकालिन र दिर्घकालिन लगानीकर्ताको रूपमा विभाजन गरी सोहि अनुरूप अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न अनुरोध गरेका छन् ।

विद्यमान व्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकोले उक्त व्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गरिदिनु समेत अनुरोध गरिएको छ । तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था श्रृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गरिदिनु अनुरोध गरिएको तारा फुल्लेले जानकारी दिए ।

लगानीकर्ताको भेटमा अर्थमन्त्री महतले नेपाल राष्ट्र बैंक सँग समन्वय गरेर मागहरु संबोधन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले नेपाल राष्ट्र बैंक सँग सौहार्द सम्बन्ध बनाएर काम भइरहेको जानकारी दिएका थिए ।

लगानीकर्ताले भेटमा आफ्ना ६ बुँदे मागहरु सम्वोधन भएर कार्यान्वयनमा हुँदा शेयर वजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकाश हुने बताएका थिए । यसले गर्दा सरोकारवाला सबै पक्षको आयमा बृद्धि हुनुका साथै विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा यस पूँजीवजारलाई स्थापना गर्न सक्षम र सफल हुने उनिहरुको भनाइ थियो । लगानीकर्ताले आफ्ना माग संबोधन भएमा अहिलेको असहज परिस्थितिमा संजिवनी बुटिको काम गर्ने समेत जनाएका छन् ।

हाल करिव ५६ लाख ५० हजार हितग्राही खाता रहेको र १६ लाख भन्दा बढी अनलाइन प्रयोगकर्ता रहेका छन् । विगतमा ४४ खर्वको बजार पूँजीकरण रहेकोमा हाल २७ खर्व ५० अर्वमा झरेको छ । नेपालको वार्षिक वजेट भन्दा साढे २ गुणा ठुलो आकारको पूँजीबजार रहेको छ । कुल ग्राहस्थ उत्पादनको करिव ८५ प्रतिशत स्थान ओगट्न सफल भएको लगानीकर्ताले अर्थमन्त्रीलाई जानकारी गराएका छन् । देशको कुल जनसंख्याको आधारमा करिव १५ प्रतिशत भन्दा बढि नागरिकको प्रत्यक्ष अप्रत्यक्ष सहभागिता रहेको छ । यस क्षेत्रबाट विगतका आर्थिक वर्षमा सरकारले १५ अर्व भन्दा बढि पूँजीगत लाभकर उठाउदै आएको छ ।

नेपाल धितोपत्र वोर्डबाट लगानीकर्ताहरुको प्रमुख मागको रूपमा रहेको खुल्ला रूपमा नयाँ ब्रोकर लाईसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्ज थप्ने प्रकृया क्याविनेट बाटै पास भई सबै कानुनी प्रकृयाहरू पुरा गर्दै वितरणको प्रकृया अन्तिम चरणमा पुग्नै लागेको अवस्थामा केहि दिन अगाडि सार्वभौम सत्ता सम्पन्न गरिमामय संसदमा केहि सांसदहरू नै लाईसेन्स वितरण प्रक्रियालाई प्रभावित पार्ने उद्देश्य राखेर उठाईएको आवाज आपत्तिजनक रहनुका साथै मर्माहत तुल्याएको उनिहरुको भनाइ छ ।

विषयवस्तुको गहिराईमा नपुगि यसरी संसदमा उठाईने आवाजले केवल स्वार्थ समुहको त पक्षपोषण गर्ला तर राष्ट्रको अर्थतन्त्रको ऐनाको रूपमा चित्रित नेपालको पूँजीबजारलाई भने कदापि भलो नगर्ने उनिहरुले जनाएका छन् । वर्षौंदेखि लगानीकर्ताहरूले उठाउँदै आएका आशा र भरोसाका मागहरू प्रति नै कुठाराघात हुने गरी आम लगानीकर्तालाई नै दिग्भ्रमित पार्ने गरी यसरी संसदमा कुरा राखिनु कदापि लगानीकर्ताहरुका साथै समग्र नेपालको अर्थतन्त्रको हितमा नहुने भन्दै उनिहरुले अर्थमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS