काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले २२ हजार ८३१ कित्ता संस्थापक शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरूलाई विक्री खुला गर्दा वितरण हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।
उक्त शेयर खरीदका लागि ईच्छुक लगानीकर्ताहरूले आगामी सात दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको केन्द्रिय कार्यालय धुलिखेल, काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ । कम्पनीले संस्थापक शेयरधनी पूर्ण बहादुर खत्रीको नाममा रहेको १२ हजार कित्ता र रेशम राज विष्टको नाममा रहेको १० हजार ८३१ कित्ता शेयर विक्री खुला गरेको हो ।

















