IME Life New

नबिल बैंक र सायल गाउँपालिका तथा पञ्चेश्वर गाउँपालिका बीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पुराउने उदेश्य अनुरुप विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसँग समन्वय गरि साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पुराउनेको लागि स्थानिय निकायसँग सम्झौता गरेको छ ।

सोही उदेश्य अनुरुप मंसिर ५ मा सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र मंसिर ६ मापञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्द विच एम.ओ.यु मा हस्ताक्षर सम्पन्न भएको थियो ।

Esewa
Crest

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियो । उक्त कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमब्ाँट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिका ब्ँिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे । सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS