IME Life New

नबिल बैंक र विराटनगर अस्पतालबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नबिल बैंक र विराटनगर अस्पताल (विराट नर्सिङ होम एण्ड बिराट मेडिकल कलेज) बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरुको सुविधालाई ध्यानमा राखी सो सम्झौता गरेको हो ।

सम्झौता पछि नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले विराटनगर अस्पतँलमा विशेष छुट पाउने छन् । उक्त सम्झौता बमोजिम विराटनगर अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ता र शेयरधनीहरुलाई विशेष छुट र सुविधाहरु प्रदान गर्नेछ ।

Esewa
Crest

ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप विराटनगर अस्पतँलसंगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई स्वास्थ्य सेवामा लाभ पुग्ने विश्वास नबिल बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक राजेश दासले व्यक्त गरे ।

हालसम्म बैंकले ७९ वटा शाखाहरुको सञ्जाल, १ सय ३३ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसँगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS