IME Life New

नबिल बैंकले युनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने, एकै दिन बोलाए विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले युनाइटेड फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति सम्बन्धि प्रस्ताव पारित गर्न दुवै कम्पनीले एकैदिन असार ५ गते विशेष सभा बोलाएका छन् । दुवै कम्पनीको विशेष साधारण सभा आआफ्नो केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेदेखि शुरु हुने जनाएको छ ।

विशेष साधारण सभाले युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को शेयर स्वाप रेसियोमा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । युनाइटेडलाई प्राप्ति गरेपश्चात नबिलको पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम बैंकको प्रबन्धपत्र संशोधनको प्रस्तावलाई सभाले स्वीकृति प्रदान गर्नेछ।

Esewa
Crest

त्यस्तै, सभामा प्राप्ति प्रयोजनका लागि भएका काम कारबाही, पुँजी संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधनका सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा सोहीबमोजिम संशोधन वा परिमार्जनसमेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालकलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनार्थ दुवै कम्पनीले जेठ २८ गते एक दिन बुकक्लोज गर्ने भएका छन् । त्यसैले, जेठ २७ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS