IME Life New

नबिल बैंकले नेपालमै पहिलो पटक सुरु गर्यो ‘नबिल फोन लोन’ सुविधा, यसरी पाइन्छ ऋण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको छ ।

कसरी पाइन्छ ऋण ?

Esewa
Crest

यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले एफआई सफ इन्टरनेशनलको सहकार्यमा ल्याएको हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रबिधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्टबैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधीका लागि उपलब्ध रहने छ ।

फोन लोनका विशेषताहरु

कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्माटबैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
१ )  इन्ँस्ट्यान्ड लोन
२)  बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
३ )बिना धितो ऋण
४ )ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
५)सुक्ष्म ऋण
६ )यस योजना अन्तर्गत रु एक लाखसम्म ऋणको सुविधा लिन सकिने

बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ ।उनले भने, ‘नेपालमा पहिलो पटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’

हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्दतीलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS