IME Life New

नबिल बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा लाभांश जम्मा गरिदिएको छ । बैंकले गत पुष २९ गते सम्पन्न ३८औं वार्षिक साधारण सभाबाट पारित भएको ११ दशमलव ५ प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको जनाएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा गरेको कम्पनीले जनाएको छ ।

Crest

हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS