IME Life New

नबिल बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलले लिए सपथ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नबिल बैंक लिमिटेडको संचालक समितिको मिति २०७८ पौष ३० गते बसेको बैठकबाट सर्वसम्मत रुपमा बैंक संचालक समितिको अध्यक्षमा पुनः चयन भएका उपेन्द्र प्रसाद पौडेलले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा बुधबार आयोजित शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनरद्धय नीलम ढुङ्गाना तिम्सिना, बम बहादुर मिश्र, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देव कुमार ढकाल, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट तथा नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साह लगायत नेपाल राष्ट्र बैंकका उच्च पदस्थ अधिकारीहरुको उपस्थिती रहेको थियो ।

Crest

नबिल बैंकले ३७ औ साधारणसभा सम्पन्न गरको तथा अहिलेसम्म गरिआएको कार्यहरुलाई, गभर्नरले प्रोत्साहन गर्दै आगामी दिनहरुमा पनि नबिल बैंकले आफ्नो अग्रणी भूमिका कायम राख्ने छ भन्ने विश्वास व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा कोभिड महामारीले बैंकिङ्ग क्षेत्रमा पुर्याएको असर तथा समसामयिक विषयमा छलफल भएको थियो । साथै, उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी साहले बैंकको पछिल्लो वित्तीय अवस्थाको समेत जानकारी गराएका थिए ।

नबिल बैंक लिमिटेडका अध्यक्ष पौडेललाई मिति २०७८ पौष ३० गते सम्पन्न बैंकको ३७ औँ वार्षिक साधारणसभाले संस्थापक शेयरधनी एनबी (ईन्टरनेशनल) लि. को प्रतिनिधिको रुपमा निर्बिरोध निर्वाचित गरेको हो ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकले १३५ शाखा,  १८९ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट मार्फत नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS