IME Life New

धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी नवराज अधिकारीलाई

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी डा नवराज अधिकरीले पाएका छन्।

अर्थ मन्त्रालयले मन्त्रीस्तरको निर्णयबाट धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालनको जिम्मेवारी अधिकारीलाई दिएको हो। उनी धितोपत्र बोर्डमा कार्यकारी निर्देशन छन्। ‘अधिकारीलाई वरिष्ठतमका आधारमा धितोपत्र बोर्डको दैनिक कार्य सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो’, अर्थ स्रोतले भन्यो।

Crest

गत पुस २० गतेबाट धितोपत्र बोर्डको अध्यक्ष पदबाट रमेशकुमार हमालको कार्यकाल सकिएको थियो। हमालको कार्यकाल सकिएको दुई सातापछि अर्थ मन्त्रालयले धितोपत्र बोर्डमा दैनिक कार्य सञ्चालनको जिम्मेवारी अधिकारीलाई दिएको हो। अधिकारीले अन्य नीतिगत निर्णय भने लिन पाउने छैनन्।

त्यसो त धितोपत्र बोर्डमा रिक्त रहेको अध्यक्ष पदका लागि सरकारले प्रक्रिया अगाडि बढाइसकेको छ। गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो। समितिमा अर्थ मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य छन्।

धितोपत्रसम्बन्धी ऐन, २०६३ मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिले अब धितोपत्र बोर्डको अध्यक्ष छनौटका लागि कार्यविधि बनाउनेछ र आवेदन खुला गर्नेछ।

प्राप्त आवेदनबाट समितिले कम्तीमा तीनजनाको नाम छनौट गरी अर्थ मन्त्रालयमा सिफारिस गर्नुपर्छ। त्यसपछि अर्थ मन्त्रालयको सिफारिसमा ती तीनजनामध्ये मन्त्रिपरिषदले एकजनालाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने प्रावधान छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS