IME Life New

धरानको छाता चोकमा कामना सेवाको ८२ औँ शाखा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

धरानको छाता चोकमा कामना सेवा विकास बैंकको ८२ औं शाखा सञ्चालनमा आएको छ । २०७६ वैशाख ३ गते बाट बैंकले उक्त शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको छ ।

बैंकका संचालक देव कृष्ण काफ्ले तथा बैंकका प्रदेश नं.१ प्रमुख सुजन राईले नयाँ वर्षको शुभकामना प्रदान गर्दै उक्त शाखा कार्यलयको संयुक्त रूपमा शुभारम्भ गरेका छन् । उक्त कार्यक्रममा सुनसरी उध्योग वाणिज्य संघका उपाध्यक्ष गिरीधरी सापकोटाको पनि उपस्थिति रहेको थियो ।

Crest

शाखा उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख सुजन राईले बैंकको बारेमा जानकारी गराउँदै प्रदेश नं १ मा ६ वटा शाखा पुगिसकेको र निकट भविष्यमा थप शाखाहरु सञ्चालनमा आउने बताए । व्यापार विस्तारलाई तीव्रता दिने उद्धेश्य पर्यटकीय तथा व्यापारिक नगर धरानमा शाखा स्थापना गरेको बैंकले जनाएको छ ।

काठमाण्डौको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ८२ वटा शाखा मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS