IME Life New

धनुषाको सबैलामा प्रोग्रेशिभ फाइनान्सको नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । उक्त नयाँ शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरे ।

शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका मेयर विजयशंकर प्रसाद साहले यस क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्न आएकोमा प्रोग्रेशिभ फाइनान्सलाई धन्यवाद दिँदै उक्त क्षेत्रका अन्य वित्तीय पहुँच नपुगेका स्थानहरुमा वित्तीय सेवा तथा वित्तीय साक्षरता प्रदान गर्न सुझाव दिए ।

Esewa
Crest

उक्त कार्यका लागि नगरपालिकाले उचित सहयोग गर्ने बचनबद्धता व्यक्त गरे । उद्घाटन कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न जनचेतना मुलक सन्देश छापिएको टिसर्ट बितरण गरिएको थियो ।

कार्यक्रममा फाइनान्सका सञ्चालक लक्ष्मीप्रसाद महर्जन, शम्भुलाल डंगोल, समुन्द्रकाजी श्रेष्ठ, फाइनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाइँर्, मुख्यप्रबन्धक प्रमोद भट्टराई लगायत सबैलाका सहकारी संस्थाका प्रमुख, उद्योगी, ब्यापारीको उपस्थिति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS