IME Life New

दोहोरो अंकले घटेको बजारमा कारोबार रकम ९ अर्ब २४ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ११ दशलमव ६४ अंकले घटेर २,६९९ को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १६० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१५ कम्पनीको १ करोड ८६ लाख ८० हजमार ३९२ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब २४ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साहस उर्जाको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३१ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २२ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बरुण हाइड्रोपावरको १८ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सेन्ट्रल फाइनान्सका लगानकिर्ताले ६ दशलमव ५१ प्रतिशतका दरले कमाएका हुन् । सुपर मादीका लगानीकर्ताले ५ दशलमव ७१ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS