IME Life New

देवः विकास बैंकको नगद लाभांश शेयरधनीको खातामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

देवः विकास (साविकको वेष्टर्न डेभलपमेन्टका सेयरधनीको) बैंकले १४ दशालव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा पठाउन थालेको छ । बैंकले गत जेठ २६ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गरेका सेयरधनीको नगद जम्मा गरिदिएको हो

हालसम्म पनि डिम्याट खाता नखोल्ने लगानीकर्तालाई आफूले खाता खोलेको बैंक तथा वित्तीय संस्था वा कुनै पनि निक्षेप सदस्यमार्फत डिम्याट खाता खोल्न आग्रह गरेको छ । खाता खोलेपछि नगद जम्मा हुनेछ ।

Esewa
Crest

यसैगरी, गत जेठ २ गतेसम्म धितो बन्धक राखी कर्जा लिएकाहरुको नगद पाउन कर्जा लिएको सम्बन्धित बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरेर फुकुवा गर्न निवेदन दिनुपर्नेछ । अनिमात्र नगद लाभांश खातामा जानेछ ।

वेष्टर्नको गत असार १२ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १४ दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS