IME Life New

देवः विकास बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

देवः विकास बैंकले बनेपा नगरपालिकाको बनेपा बजार र पनौति नगरपालिका, वढा नं ०२, कुशादेवीमा नयाँ शाखा बिस्तार गरेको छ । उक्त बनेपा नयाँ शाखा कार्यालयको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले गरे भने पनौति शाखा कार्यलयको उद्घाटन कुशादेवी शाखा कार्यालयको देवः विकास बैंक, संचालक समितिका अध्यक्ष बज्र गुरुङले सयुक्त रुपमा गरे ।

बैंक सञ्चालक समितिका अध्यक्ष बज्र गुरुङको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य दिनु हुँदै बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले एक दशक अगाडि बनेपा एक्सटेन्सन काउण्टरबाट सेवा प्रदान गर्न शुरु गरेको बैंकले यस क्षेत्रमा बढ्दै गएको आर्थिक गतिविधिलाई मध्यनजर गरी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नती गरिएको बताए ।

Esewa
Crest

यसैगरी, पनौति कुशादेवी शाखा कार्यालयको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ग्रामीण तथा पहाडी क्षेत्रका सेवाग्राहीहरुमा वित्तीय पहुँच पुर्याउन र स्थानीय उत्पादकत्व बढाउन कुशादेवी शाखाबाट सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS