IME Life New

दुई छाक खान नसक्नेको पहुँचमा बीमा पुग्नुपर्छ : समितिका अध्यक्ष सिलवाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिका नव नियुक्त अध्यक्ष सूर्य प्रसाद सिलवालले दुई छाक खान पनि नपुग्नेको पहुँचमा बीमा पुग्ने पर्ने बताएका छन्।  बीमा समितिमा आयोजित शुभकामना कार्यक्रममा बीमा समितिको प्रयासले पुण्यको काम हुनु पर्ने भएकाले गरिव जनताको पहुँचमा पनि बीमा पुग्नु पर्ने जिकिर गरेका हुन्।

उनले भने ‘एउटा छुपडिमा बस्ने मानिसले घरको बीमा गर्न सक्दैन। उसले १० हजार निकालेर बीमा गर्न सक्दैन। गाउँका दुई छाक खान समस्या भएको मानिसले बीमा गर्न सक्दैन। उसले १० हजार कहाँबाट ल्याउछ?’ त्यसैले यस्ता क्षेत्रमा पनि काम गर्नु पर्ने सिलवालले बताए। उनले थपे ‘बीमा क्षेत्रमा अर्बपतिलाई मात्रै ल्याउने भन्दा पनि झुपडीमा बस्ने मानिहरुसम्म पुग्न सक्यो भने हामीलाई सबैले चिन्छन्।‘

Esewa
Crest

गाउँमा बीमा भनेर सोध्यो भने टाठो बाठोलाई थाहा होला तर ९०/९५ प्रतिशत मानिसलाई बीमा भनेकै थाहा छैन। उनले भने ‘हाम्रो काम त्याहाँ पुग्ने हो। त्यसका लागि के के गर्नु पर्छ भन्नुहोस समिति तयार छ।’ बीमा समितिमा आफ्नो समस्या मात्रै लिएर आउने भन्दा पनि समाधानका कुराहरु पनि लिएर आउन अध्यक्ष सिलवालले अनुरोध गरेका छन्।

बीमा क्षेत्रका समस्यालाई आफ्नो क्षमताले भ्याएसम्म समाधान गर्दै जाने बताएका छन्। सिलवालले बीमा क्षेत्रलाई नियन्त्रण गर्ने भन्दा पनि व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। उनले भने ‘हामीलाई नियन्त्रण मात्रै गर्ने बातावरण बनाइदिनुस. यसले कसैलाई पनि राम्रो गर्दैन। नियन्त्रक मात्रै हुने हो भने विगार्छ । त्यसैले हामी व्यवस्थापनमा जानु पर्छ।‘ यसको विकासका क्षेत्रहरु के के हुन सक्छन् भन्ने कुरामा सबैको बुझाइ हुनु पर्ने सिलवालको तर्क छ।

हाम्रो प्रयासले पुण्यको काम हुनु पर्छ, उनले भने “एउटा छुपडिमा बस्ने मानिसले घरको बीमा गर्न सक्दैन। उसले १० हजार निकालेर बीमा गर्न सक्दैन। गाउँको दुई छाक खान समस्या भएको मानिसले बीमा गर्न सक्दैन। उसले १० हजार कहाँबाट ल्याउछ?” त्यसैले यस्ता क्षेत्रमा पनि काम गर्नु पर्ने सिलवालले बताए।

कानुनको उल्लघन गरेर अख्तियारसम्मको बाटोमा नपुग्न उनले सबैलाई अनुरोध गरेका छन्। बीमा क्षेत्रका सबै पक्ष आफुले नजान्ने भएकाले कुन क्षेत्रमा बीमाको दायरा पुग्ने पर्ने थियो र नपुग्नुका बाधक के के हुन् र के गर्दा यसको विस्तार होला त्यो गर्न आफु तयार भएको सिलवालले बताए। “उनले भने बैंकको पहुँच भन्दा धेरै कमको पहुँचमा बीमा भएकाले यसको विस्तारको बाटो के भन्दै उनले प्रश्न गरे। उनले भने ‘यसका लागी हामीले निर्देशन गर्नु पर्ने हो कि तपाइहरु आफै जाने हो। मलाई सुझाव दिनुहोस।”

बीमा क्षेत्रमा कसैले लगानी गर्नु भएको होला मुनाफा कमाउनुस तर त्यो बैधानिक हुनु पर्यो।  समन्यायको शिद्धान्तमा सबै जना अगाडि बढ्नु पर्ने सिलवालले बताए। यसका लागि के के उपाय छन् आफु तयार रहेको बताए। यो क्षेत्रलाई आफुले खासै नबुझ्ने तर अर्थतन्त्रका सम्पुर्ण आयामहरु बुझ्ने भएकाले चार जना मानिसको छलफलले यो कुरा गर्दा ठिक हुन्छ भन्ने लाग्यो भने आफु तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे। उनले भने “हामी आफै बाधियौ भने नियन्त्रण गरेर राख्नु पर्ने कारण नै छैन तर कडाइ गर्नु नै पर्यो भने नियन्त्रण गर्नै पर्ने बाध्यता हुन्छ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS