IME Life New

दुई अमेरिकी कम्पनीले सवारी बीमा बापत ८० करोड डलर फिर्ता गर्ने, नेपालमा के होला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई अमेरिकी बीमा कम्पनीले बीमितलाई ८० करोड डलर फिर्ता दिने घोषणा गरेको छ । सिएनएन विजनेसका अनुसार अलस्टेट र अमेरिकन फेमली इन्स्योरेन्सले वुधवार बीमितहरुको रकम फिर्ता दिने घोषणा गरेको हो ।

यी दुई बीमा कम्पनीले कोभिड १९ का कारण बीमितहरुले गाडी नचलाएको भन्दै उक्त रकम बीमितहरुलाई फिर्ता गर्ने जनाएको छ । अलस्टेट बीमा कम्पनीले प्रति बीमित १५ प्रतिशतको दरले दुई महिनाको ६ सय मिलियन डलर र फेमिली इन्स्योरेन्स कम्पनीले प्रति बीमित ५० डलरको दरले २ सय मिलियन डलर फिर्ता गर्न लागेको जनाएको छ ।

Esewa
Crest

सिएनएन विजनेसका अनुसार अलस्टेट कम्पनीले आफनो बीमितलाई अप्रिल र मे महिनामा कम्पनीलाई तिरेको प्रिमियमको १५ प्रतिशत रकम फिर्ता दिने भएको छ । कम्पनीले बीमितलाई १५ प्रतिशतको दरले भुक्तानी गर्दा करिब ६ सय मिलियन डलर प्रदान गर्ने छ । अलस्टेटका सिइओ टम विल्सनका अनुसार गाडी कम चलाए पछि दुर्घटना पनि कम भएको कारण उक्त रकम फिर्ता गरेको जनाएको छ ।

त्यस्तै, अमेरिकन फेमिली बीमा कम्पनीले आफनो बीमितहरुलाई प्रति कार ५० डलर फिर्ता दिने भएको छ । कम्पनीले प्रति कार ५० डलर बीमितलाई रकम फिर्ता गर्दा कम्पनीको कुल २ सय मिलियन अमेरिकी डलर फिर्ता गर्ने भएको छ ।

नेपालमा पनि हेलिकोप्टर कम्पनीहरुले ग्राउडेडको समयमा हवाई यात्रु बीमा बापतको रकम मिनाहा गर्न माग गरेको छ । साथै नेपालका बीमा कम्पनीहरुले सवारी साधन बीमा, यात्रु बीमा तथा तेस्रो पक्ष बीमा बापत ठूलो रकम बीमा शुल्क बापत लिएपनि १७ दिनको लकडाउन अवधीमा क्षति नपुगेको रकमबाट छुट दिन सक्ने भएपनि आजसम्म कुनै त्यस्तो घोषणा गरेका छैनन् ।

साथै, नेपालमा त्यस्तो सम्भावना नरहेको बीमा कम्पनीहरुको भनाई छ । यद्यपि बीमा समितिले लिखित निर्देशन दिएमा भने राहत स्वरुप छुट दिन बाध्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS