IME Life New

दसैँका लागि आजबाट सफा र सुकिला नोट साट्न सकिने

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसपालि दसैँका लागि आज असोज १३ गतेबाट सफा र सुकिला नोट सटहीको व्यवस्था गरिएको छ। यसपालि दसैँका लागि नयाँ नोटको सहटी व्यवस्था भने गरिएको छैन।

बैंकहरुमा छुट्टै डेस्क राखेर यसपालि दसैँका लागि सफा र सुकिला नोटमात्रै सटहीको व्यवस्था गरिएको छ। ‘यसपालि दसैँमा नयाँ नोटको सहटी व्यवस्था हुने छैन, सटही गर्न आउनेलाई सफा र सुकिला नोट साट्ने वितरण गरिनेछ’, राष्ट्र बैंकका सूचना अधिकारी भागवत अधिकारीले भने।

Crest

यसपालि पनि विगतका वर्षमा झैँ प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० दरका १–१ बन्डल ९१०० वटा नोट० गरी १८ हजार ५०० रुपैयाँ सटहीको व्यवस्था गरिएको छ। राष्ट्र बैंकको केन्द्रीय कार्यालय, क्षेत्रीय कार्यालय तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिनेछ।

त्यसो अहिले डिजिटल माध्यमबाट भुक्तानीको प्रचलन बढ्दै गएकोले राष्ट्र बैंकले नगद कारोबारलाई निरुत्साहित गर्दै आएको छ। नगद कारोबारलाई न्यूनीकरण गर्न केन्द्रीय बैंकले बैंकहरुलाई डिजिटल माध्यमको प्रयोगलाई बढावा दिन निर्देशन पनि दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS