IME Life New

दशैंमा एनआइसी एसिया बैंकको कुन कुन शाखा खुल्छ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बिजया दशमीको अवसरमा सिंगो देश दशैं मनाइरहेका बेला सर्वसधारणलाई पैसाको अभाव नहोस् भनेर सबै बैंकहरुले देशका विभिन्न स्थानमा रहेका आफ्ना शाखा कार्यालय सुचारु राख्ने जनाएका छन् । यसै क्रममा देशकै अग्रणी बैंक एनआईसी एशियाले पनि देशका विभिन्न स्थानमा रहेका आफ्ना शाखाहरु सुचारु गर्ने जनाएको छ ।

दशैंको सार्वजनिक बिदाका दिनहरुमा समेत बैंकका विभिन्न शाखाहरुमार्फत् सेवा प्रदान गर्ने निर्णय गरेको छ । जस अनुसार १८, १९, २०, २१ र २२ गते फरक फरक स्थानका शाखा कार्यालयहरु सञ्चालन गरी सर्वसधारणको लागि बैंकिङ कारोबार सहज बनाउन लागेको छ । बैंकका अनुसार असोज १८ गते फूलपातीको दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, सातदोबाटो, महाराजगञ्ज, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर, थानकोट तथा काठमाडौं उपत्यका बाहिर धनगढी–चौराहा, बुटवल, न्यूरोड–पोखरा, लेकसाईड–पोखरा र हेटौंडास्थित शाखा कार्यालयहरु खुल्नेछन् । त्यस्तै १९ गते अष्टमीका दिन काठमाडौं उपत्यकाभित्र सामाखुसी, कमलादी, पुल्चोक, न्यूरोड–खिचापोखरी, महाराजगञ्ज, थापाथली तथा काठमाडौं उपत्यका बाहिर बुटवल, नेपालगञ्ज, न्यूरोड–पोखरा, कावासोती, वीरगंज, लाहान, जनकपुर, सिराहा, मलंगवा, चन्द्रनिगाहपुर, विराटनगर, ईटहरी, दमक र नारायणगढ शाखा खुल्ला रहने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका अनुसार असोज २० गते नवमीका दिन बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, तथा काठमाडौं उपत्यका बाहिर धनगढी हस्पिटल–लाईन, बुटवल, न्यूरोड–पोखरा, दुलेगौँडा, लिंकरोड, मिरचैया, राजविराज, बर्दिबास, हरिवन, गौर, विराटनगर, धरान, चारपाने र हेटौंडास्थित शाखा कार्यालयबाट बैंकिङ कारोबार हुनेछ । बैंकले असोज २१ गते टीकाको दिन बैंकका शाखा कार्यालय सञ्चालन गर्ने छैन भने २२ गते एकादशीका दिन काठमाडौं उपत्यकाभित्र बालाजु, कमलादी, न्यूरोड–खिचापोखरी, थापाथली, भक्तपुर तथा काठमाडौं उपत्यका बाहिर न्यूरोड–पोखरा, बाग्लुङ, बुटवल र नारायणगढस्थित शाखा कार्यालयहरु खुल्नेछ ।

बैंकका अनुसार न्यूरोड खिचापोखरी, भक्तपुर, महाराजगञ्ज शाखा अपरान्ह १ बजेदेखि ४ बजेसम्म र अन्य शाखाहरु बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म खुल्ला हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS