IME Life New

दशैंको मुखमा बैंकहरुमा पैसाको हाहाकार, राष्ट्र बैंकले १५ अर्ब पठाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालीहरुको राष्ट्रिय पर्व दशैंको समयमा बैंकहरुमा पैसा (तरलता) को चर्को अभाव भएको छ । बैंकहरुमा पैसाको हाहाकार मच्चिएपछि नेपाल राष्ट्र बैंकले मुद्रा सन्तुलन गर्न अपनाइने औजार प्रयोग गर्दै १५ अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

सर्वसधारणले अत्याधिक मात्रामा निक्षेप झिकेपछि बैंकहरुमा चर्को मात्रामा तरलता अभाव भएको हो । बैंकहरुमा निक्षेप फिर्ता गर्नै समस्या परेपछि अन्तर बैंक सापटीमा ब्याजदर उच्च हुन पुगेको छ । अन्तर बैंक सापटीमा ब्याजदर पाँच प्रतिशतभन्दा माथि पुगेपछि नेपाल राष्ट्र बैंकले आजै रिपोमार्फत १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको हो । केन्द्रीय बैंकले दशैंमा निकालिएको पैसा पुनः बैंकमा फर्कने विश्वासका साथ एक हप्ताको लागि १५ अर्ब रुपैयाँ बजारमा पठाउन लागेको जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS