IME Life New

दशैंका लागि नयाँ नोट वितरण सुरू, यस्ता छन् सजिलै पाउने ठाउँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आजबाट नेपाल राष्ट्र बैंकले नयाँ सटही शुरु गरेको छ । आज असोज १० देखि १७ गतेसम्म सर्वसाधारणले राष्ट्र बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक वा आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नयाँ र सुकिला नोट साट्नसक्ने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ ।

आजबाट ५, १०, २०, ५० र १०० दरका नोट एक/एक पाकेट गरी बढीमा १८ हजार ५ सय रुपैयाँसम्म नोट सटही सुविधा दिने भएको हो । राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय र विराटगनर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका प्रदेश कार्यालयबाट पनि नोट सहटी सुविधा लिन सकिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Esewa
Crest

त्यस्तै, काठमाडौं उपत्यकामा नेपाल बैंकका न्युरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट पनि नोट सटहीको गर्न पाइनेछ। राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजा, सिंहदरबार परिसर, टेकु, नयाँबानेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखा शाखाबाट सटही सुविधा पाइनेछ। कृषि विकास बैंकको पनि गौशाला, गठ्ठाघर, रामशाहपथ, रत्नपार्क, थानकोट र पुल्चोक शाखाबाट नयाँ नोट सटही गर्न सकिने जनाएको छ ।

अन्य बैंक तथा वित्तीय संस्थालाई पनि आंशिक मात्रामा नयाँ नोट उपलब्ध गराउने भएकाले आफ्नो खाता भएको बैंक तथा वित्तीय संस्थाबाट पनि नोट साट्न पाइने सुविधा दिइएको राष्ट्र बैंकले जारी गरको वक्तव्यमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS