IME Life New

दरबारमार्गको आगोलागीमा आठ करोडको क्षति भएको दावी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्गस्थित भिक्ट्री लाउन्ज क्लवमा भएको आगोलागीबाट आठ करोडभन्दा बढिको क्षति भएको सञ्चालकले दावी गरेको प्रहरीले जनाएको छ ।जुद्ध बारुण यन्त्र, नेपाली सेना, प्रहरीलगायतका आठ वटा दमकलको सहयोगमा करिब चार घण्टा लामो प्रयासपछि मात्रै नियन्त्रणमा आएको आगोलागीबाट सो क्षति पुगेको दावी सञ्चालकले गरेका छन् । सञ्चालकले ठूलो क्षति भएको दावी गरेपनि प्रहरीले सामानको विल लगायतका कागजात मागेर प्रमाणिकरण गर्ने भन्दै मुचुल्का तयार गर्न ढिलाई गरेको छ ।

कुन कुन सामान के के प्रयोजनको लागि राखिएको थिए, सो आधारमा मात्रै क्षतिको मुचुल्का तयार गरिने प्रहरीले जनाएको छ । आइतबार साँझ विद्यतु सर्ट भई लागेको आगोका कारण सो क्लव पूर्ण रुपमा जलेर नष्ट हुन पुगेको थियो । क्लवमा भण्डारण गरिएको मदिरा, सजावटका सामान तथा बत्तिहरु नष्ट भएको बताइएको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS