IME Life New

त्रिशक्ति क्लबले बाड्यो, १ सय १५ परिवारलाई राहत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दाताहरूको सहयोगमा त्रिशक्ति क्लब तथा त्रिशक्ति महिला समूहले आज आइतबार काठमाडौं महानगरपालिका वडा नं. ५ मा राहत वितरण गरेको छ ।

पिताम्बर मुरारका र सुदिप समद्दारलगायतका दाताहरूको सहयोगमा त्रिशक्ति परिवारले एक सय १५ जनालाई खाद्यान्न सामग्री वितरण गरेको हो । दाताहरूको सहयोगमा हामीले दैनिक ज्याला मजदुर गरेर आफ्नो गुजार गर्ने अति विपन्न परिवालाई राहत वितरण गरेको त्रिशक्ति क्लबका अध्यक्ष बालकृष्ण खड्गीले बताए ।

Esewa
Crest

‘हामीले दाताहरूलाई सहयोग गर्न अनुरोध गयौं,’ उनले भने ‘उहाँहरूको सहयोगमा एउटा परिवारलाई कम्तीमा १० दिनलाई पुग्ने खाद्यान्न वितरण गरिएको हो ।’ कोरोनाका कारण लकडाउन भएपछि दैनिक रोजीरोटी खोसिएका परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गर्ने सोचका साथ क्लबले दाताहरूसँग सहयोग माग्यो,’ उनले भने ‘उहाँहरूले पत्याउनु पनि भयो र हामीले एक सय १५ परिवारलाई करिब १० दिनलाई खान पुग्ने खाद्यान्न वितरण गरेका हौं ।’ वडा नम्बर–५ मा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार धेरै छन् । यति बेला उहाँहरूको कमाइ नहुँदा हातमुख जोर्न नै अप्ठ्यारो परिरहेको थियो ।

देशलाई संकट परेको यो घडीमा क्लबले गरेको यो सहयोग एक उदाहरणीय र प्रशंसनीय कार्य भएको बागमती प्रदेश, काठमाडौं क्षेत्र नंम्बर ५ ‘क’ का सांसद नारायण सिलवाले बताए । ‘लकडाउनको यो समयमा यसरी अहोरात्र खटिएर त्रिशक्ति क्लब परिवारले गरेको यो कार्यलाई अन्य क्लब तथा संघ संस्थाले समेत सिक्नु पर्ने देखिएको छ,’ उनले भने ‘अहिले विपन्न परिवारलाई सहयोग गर्नु भनेको सरकारलाई सहयोग गर्नु नै हो ।’क्लबले अति निम्न वर्गहरूको पहिचान गरी राहत वितरण गरेको त्रिशक्ति महिला समूहकी अध्यक्ष बिना के.सीले बताइन् । ‘हामीले चामल, दाल, गेडागुढी, चिनी, तेल, बिस्कुट, चाउचाउलगायतका खाद्यान्न वितरण गरेका हौं,’ उनले भनिन् ।

आज आइतबार क्लबले काठमाडौं वडा नंम्बर –५ मा बसोबास गर्दै आएका दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरेको छ भने भोलि एक अनाथ आश्रममा बस्ने बालबालिकालाई सहयोग गर्न जाने कार्यक्रम रहेको छ । उक्त आश्रमबाट बालबालिकालाई खुवाउने खाद्यान्न सकिएको गुनासो आएपछि क्लबले उक्त स्थानमा राहत लिएर जाने कार्यक्रम बनाएको हो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS