IME Life New

तीन लघुवित्तको साधारण सभा भोलि हुँदै, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भोलि मंगलवार उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त वित्तीय संस्थाले साधारण सभा हुँदैछ ।

उन्नति सहकार्य लघुवित्तले होटल पौवा रुपन्देहीमा बिहान १०ः३० बजे साधारण सभा गर्ने जनाएको छ । साभाले १७ दशमलव ८१ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । चैत १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

Esewa
Crest

त्यसैगरी, आरम्भ चौतारी लघुवित्तले पञ्चकन्या बैंक्वेट काभ्रेपलाञ्चोकमा बिहान ११ बजे गर्ने जानकारी गराएको छ । सभाले ८ दशमलव ८५ प्रतिशत बोनश शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको लाभांश चैत १७ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

त्यस्तै, सूर्योदय लघुवित्तले सहयात्री पार्टी ब्यालेस स्याङ्जामा बिहान ८ बजे गर्ने जानकारी गराएको छ । सभाले १५ दशमलव ३४५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ८१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाको अन्य प्रस्तावमा कम्पनीको जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, कम्पनीको पूँजी संरचना परिवर्तन गरी सर्वसाधारणतर्फको शेयर हिस्सा बढाई ३० प्रतिशत पुराउनको लागि फरक रकमलाई पुनः सर्वसाधारण शेयर ९एफपीओ० जारी गर्ने रहेको छ ।

सभामा संचालकको निर्वाचन गर्ने, यस कम्पनी र अन्य इजाजत प्रप्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने पनि रहेको छ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १९ गतेदेखि ३१ गतेसम्म कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ। जसका कारण चैत १८ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS