IME Life New

तीन महिनामा नेशनल लाईफको खुद बीमा शुल्क आर्जन झण्डै तीन अर्ब, कोषमा ३७ अर्ब संचिती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाका बावजुद कम्पनीले खुद बीमा शुल्क आर्जन, करिब ५० प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने कम्पनीको वित्तीय सूचांकहरु सकारात्मक देखिएका छन् ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको प्रथम त्रैमास सम्ममा ३५ अर्ब ९४ करोडको जीवन बीमा कोष, २९ करोड सात लाख रुपैयाँको महाविपत्ति कोष र एक अर्ब १४ करोड २७ लाख रुपैयाको जगेडा कोषसहित कूल ३७ अर्ब ३७ करोड रुपैयाँको कोष बनाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष तीन महिनामा दुई अर्ब २२ करोड रुपैयाँ बृद्धि भएको छ ।

Esewa
Crest

यस वर्ष कम्पनीले २.५ प्रतिशत बोनस वितरण गरेका कारण चुक्ता पुँजिमा बृद्धि भई तीन अर्ब आठ करोड २६ लाख २६ हजार ५४८ रुपैयाँ चुक्ता पुँजि पुर्याएको कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई अर्ब ८० करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको समीक्षा अवधीमा ४६ प्रतिशत खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । अघिल्लो वर्षको असोज मसान्त सम्ममा कम्पनीले एक अर्ब ९१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको मुनाफामा पनि सुधार भएको छ । अघिल्लो आवको समीक्षा अवधीमा ११ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा यस आबमा भने सामान्य सुधार गरी ११ करोड ८३ लाख रुपैयाँ पुर्याएको छ । यद्यपि बीमा कम्पनीहरुको मुनाफा भने बीमाङ्कीय मूल्याङनपछि गरिने लेखापरिक्षणको क्रममा तलमाथि हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीसम्ममा कूल आठ लाख ८२ हजार २२६ वटा बीमा पोलिसी सक्रिय रहेका छन् । कम्पनीले पाँच हजार १३८ वटा दावी भुक्तानीमार्फत ८६ करोड ७५ लाख १२ हजार ३४७ रुपैयाँ भुक्तानी गरेको छ । क्पमनीको प्रतिशेयर आम्दानी १५.३६ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४५.८६ रुपैयाँ, पिई अनुपात ४८.७६ प्रतिशेयर कूल सम्पत्तिको मूल्य १४०५.९४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS