IME Life New

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनआईसी एशिया बैंकले आफ्नो स्वमित्वमा रहेको तीन ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गरेको छ ।बैंकले आफ्नो स्वामित्वमा रहका आरएमडिसी लघुवित्त वित्तीय संस्था, महुली सामुदायिक लघुवित्त र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रि गर्ने भएको हो ।

बैंकले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ४ लाख ३६ हजार ३६१ कित्ता, महुलि लघुवित्त वित्तीय संस्थाको ६१ हजार २०० र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्ने भएको हो ।

Esewa
Crest

उक्त शेयर खरीद गर्न इच्छुक आवेदकले फागुन १२ गतेसम्म आवेदन गर्न सक्नेछन् । आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य रू. ५२३ , महुली सामुदायिक लघुवित्तको रू. ८१२ र मेरो माइक्रोफाइनान्सकोरू. ४६३ तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन दिन सकिनेछ ।

विद्यमान संस्थापकहरुलाई प्रथामिकता दिई यो सूचना प्रकाशित भएको ३५ दिनको समय दिएको हुनाले संस्थापक शेयरधनीलाई छुट्टै ३५ दिनको सूचना प्रकाशित नगरेको कम्पनीले जनाएको छ।
शेयर खरीदको लागि बोलकबोल गर्दा न्यूनतम १ सय कित्ताको लागि आवेदन गर्नु पर्नेछ भने र अधिकतम कित्ताको लागि कुनै हद लाग्ने छैन ।

विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ भने आवेदकले एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली र यस बैंकका शाखा कार्यालय मार्फत समेत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS