IME Life New

तीन कम्पनीको शेयरमूल्य समायोजन, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेमा सांग्रिला डेभलपमेन्ट बैंक, डिप्रोक्स लघुवित्त वित्तीय र महुली लघुवित्तको बोनस शेयरमा मूल्य समायोजन गरिएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता २ सय २ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ सय १२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

Esewa
Crest

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ७ सय २० रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य एक हजार ९ सय ७८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

महुली लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार एक सय ८८ रूपैयाँ कायम हुने गरी शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य २ हजार ६ सय २५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS