IME Life New

डिप्रोक्स लघुवित्तको खराब कर्जा चुलियो, साढे ४४%ले घट्यो लाभांश क्षमता

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खराब कर्जा चुलिएको छ। संस्थाले आज जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज)को अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो।

वित्तीय विवरणअनुसार संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.०१ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल ५.१४ प्रतिशत थियो। खराब कर्जा ७५.२९ प्रतिशतले बढेको छ।

Crest

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा संस्थाले ६ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ८ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफामा २२.९८ प्रतिशतको संकुचन आएको छ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी भनेर बढेर ४१ करोड ६१ लाख रुपैयाँ भएको छ। अघिल्लो यही अवधिमा ३३ करोड ४२ लाख रुपैयाँ खुद ब्याज आम्दानी भएको थियो।

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा ९ करोड ७१ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा १२ करोड ६० लाख रुपैयाँ थियो। सञ्चालन मुनाफा २२.९९ प्रतिशतले घटेको छ।

चुक्तापुँजी १ अर्ब ७० करोड ६१ करोड रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङमा ४१ करोड ९ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ५९ करोड ५९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङमा ४० करोड ९४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ५८ करोड ३४ लाख रुपैयाँ रहेको थियो। रिटेन्ड अर्निङ र रिजर्भको आकार बढेको छ।

संस्थाले ११ अर्ब ७८ करोड रुपैयाँ सापटी लिएर २४ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष संस्थाले ११ अर्ब ४६ करोड रुपैयाँ सापटी लिएर २३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यापार घटेको छ।

संस्थाको वितरणयोग्य मुनाफा ४१ करोड ९ लाख रुपैयाँ रहेको छ। संस्थाको प्रथम त्रैमाससम्म २४.०८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाको लाभांश क्षमता ४३.४३ प्रतिशत रहेको थियो। लाभांश क्षमता ४४.५५ प्रतिशतले घटेको छ।

संस्थाको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १५.९४ रुपैयाँमा खुम्चिएको छ। अघिल्लो ईपीएस २२.७६ रुपैयाँ थियो। पीई रेसियो ६०.६७ गुणा रहेको संस्थाको प्रतिशेयर नेटवर्थ २१७.१६ रुपैयाँ रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS