काठमाडौं । शेयर बजार सोमबार झिनो अंकले बढेको छ। नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा बन्द भएको हो।
सामान्य अंकले बढेको बजारमा नेप्से उपसमूहमा रहेका ७ वटा समूह बढेका छन् भने ६ वटा घटेका छन्। आज निर्जीवन बीमा कम्पनी सर्वाधिक ०.८७ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक १.०७ प्रतिशतले घटेको छ।
यो दिन ९७ कम्पनीको शेयरभाउ बढ्दा १३७ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ११ अर्ब ८७ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ३० लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः ३२ करोड ७३ लाख रुपैयाँ
- बरुण हाइड्रोपावरः ३० करोड २२ लाख रुपैयाँ
- साहस ऊर्जाः २७ करोड ९१ लाख रुपैयाँ
- एक्सेल डेभलपमेन्ट बैंकः २३ करोड ४८ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २२ करोड ३९ लाख रुपैयाँ
- सामलिङ पावरः २१ करोड ७३ लाख रुपैयाँ
- रसुवागढी हाइड्रोपावरः २० करोड २ लाख रुपैयाँ
- कर्पोरेट डेभलपमेन्ट बैंकः १९ करोड ६९ लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १८ करोड ९२ लाख रुपैयाँ

















