IME Life New

झन्डै रु. ४ खर्ब आवासीय व्यक्तिगत घर कर्जा प्रवाह, रियल स्टेट लोनको माग पनि बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा आवासीय व्यक्तिगत घर कर्जाको बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले यस्तो कर्जाको माग बढिरहेको हो।

तथ्यांकअनुसार चालु आर्थिक वर्षको दोस्रो महिना भदौसम्म बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब ९३ अर्ब ६० करोड १३ लाख रुपैयाँ आवासीय व्यक्तिगत घर कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष भदौसम्म ३ खर्ब ६५ अर्ब २० करोड ७ लाख रुपैयाँ यस्तो कर्जा भएको थियो।

Crest

गत वर्षको तुलनामा समीक्षा अवधिमा यस्तो कर्जा ७.७८ प्रतिशतले बढेको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट यस्तो कर्जा २ करोड रुपैयाँसम्म लिन पाउने व्यवस्था गरेको छ।

उता घरजग्गा (रियल स्टेट) कर्जा पनि बढेको छ। बैंकहरुबाट चालु आर्थिक वर्षको भदौसम्म २ खर्ब ६२ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुबाट २ खर्ब ४१ अर्ब ५ करोड ६२ लाख रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको थियो। गत वर्षको तुलनामा समीक्षा अवधिमा घरजग्गा कर्जा ९.०९ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS