IME Life New

ज्योति विकास बैंक र क्लकबीद्वारा इन्टरपेरयन्यू हर कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकास सम्बन्धी इन्टरपेरयन्यू हर नामक कार्यक्रम सम्पन्न गरेको छ।

उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई रु ।पचास हजारको सीड फन्डू र रू।दुई लाखको इक्विटी इन्भेष्टमेण्ट फन्ड  प्रदान गरेको थियो । EntrepreneuHER महिला उद्यमी र उद्यमीहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम हो।

Esewa
Crest

एक महिना अघिबाट सञ्चालित यस EntrepreneuHER  कार्यक्रममा सातै प्रदेश बाट २१७ जना महिलाहरुले अनलाईन मार्फत् आवेदन दिएका थिए। सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकास सम्बन्धी Workshop Session ,Mentorship Session, Virtual Incubation Program र उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट उनीहरुको उद्यमलाई अझ विस्तारित बनाउन तालिम प्रदान गरिएको थियो। तालिमको समाप्ति भए संगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यम सम्बन्धि विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए जसमध्येबाट मुल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए।

आइतबार आयोजित कार्यक्रमको अन्तिम दिनमा बैंक र क्लक बी का विभिन्न पदाधिकारीहरु,निर्णायक मण्डल, इन्भेस्टर र विभिन्न अतिथि हरुका माझ १० जना उम्मेदवारहरूले आफ्नो उद्यमको खाका र विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए। सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहनु भएका पारस राज कंडेल, रामहरि आचार्य, बिनय देवकोटा, स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्यालले गरेको मुल्याङ्कनको आधारमा सृजना भुसाल र शैलजा कशजुलाई विजेता छनोट गरिएको थियो। सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषिजन्य वस्तुबाट महिलाहरुको शिपलाई प्रवर्द्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्क जस्ता वस्तुलाई बजार प्रदान गर्ने इ(कमर्स साइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो।

सो कार्यक्रममा महिला उद्यमशीलता सम्बन्धी प्यानल डिस्कसन पनि रहेको थियो। प्यानालिस्टमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, विजनेश ३६० की प्रमुख सम्पादक चारु चड्डा, EURO Schoolकी निर्देशक शैलजा अधिकारी र FWEAN की नीरु रायमाझी खत्रीले महिला उद्यमशीलता सम्बन्धी आ-आफ्नो विचार प्रस्तुत गरेको थियो ।

ज्योति विकास बैंकले विभिन्न क्षेत्रमा रहेका महिला उद्यमीहरु र महिला उद्यमशीलता लाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरि व्यवसाय अघि बढाउनुका साथै उद्यमशीलतालाई विभिन्न माध्यमहरुबाट प्रवर्द्वन पनि गर्दै आइरहेको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा ब्त्ः मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब रु। ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढि ऋणीलाई करिब रु। ३७ अर्ब लगानी गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS