काठमाडौं । ज्योति विकास बैंकको स्वतन्त्र सञ्चालकमा रेशमराज रेग्मी नियुक्त भएका छन् । बैंकको माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले बउनलाई माघ २३ गते देखि लागु हुनेगरी स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
वरिष्ठ अधिवक्ता समेत रहेका रेग्मीको विभिन्न कार्यक्षेत्रमा कार्य अनुभव पनि छ । कानून विषयमा स्नातकोत्तर गरेका रेग्मीले नेपाल सरकार अन्तर्गत विभिन्न क्षेत्रमा पनि कानूनी सल्लाहकारका रूपमा योगदान दिँदै आएका छन्। उनी अध्यापकको रूपमा पनि विभिन्न शैक्षिक संस्थाहरूमा आवद्ध छन् । नेपाल मध्यस्ता परिषदको आजीवन सदस्य रहेका रेग्मीले संस्थागत सुशासन, एएमएल तथा समग्र बैंकिङ्ग क्षेत्रको विषयमा विशेषज्ञता हासिल गरेका छन् ।