IME Life New

ज्योति विकास बैंकको नाफा ३८ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ६० करोड २५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३८ दशमलव १९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४३ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ३ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर १ अर्ब २८ करोड रुपैयाँ संञ्चिती रहेको छ । बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ९ करोड ५४ लाख थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको वितरणयोग्य मुनाफा ३५३ दशमलव ९१ प्रतिशतले बढी हो ।

Esewa
Crest

यस अवधिसम्ममा १ अर्ब १ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ८ करोड ७८ लाख रुपैयाँ खुद ब्याज गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ३३ प्रतिशतले कमी हो ।

बैंकको सञ्चालन मुनाफामा भने बृद्धि भएको छ । अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ६२ करोड ३१ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा ३८ दशमलव २४ प्रतिशतले बृद्धि भएर ८६ करोड १४ लाख रुपैयाँ पुगेको छ ।

गत आथिृक वर्षको यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैया ६३ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २० रुपैयाँ ८९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२.७३ गुणा रहको छ । प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ५३ पैसा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS