IME Life New

ज्योति लाइफले गर्यो चेपाङ बस्तीमा राहत सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले खाद्यान्न अभाव भएको धादिङको गजुरी गाउँपालिका वडा नं. ३ चिलाउने खर्कका चेपाङ बस्तीमा राहत वितरण गरेको छ । कम्पनीले गजुरी गाउँपालिकाले स्थापना गरेको फुड बैंकसंगको सहकार्यमा उक्त राहत वितरण गरेको हो ।

कोभिड–१९ बाट सुरक्षित रहनको लागि सकारले गरेको लकडाउनले गर्दा ज्याला मजदुरी गर्न नपाएको र खाद्यान्न अभाव भइ दैनिक गुजारा चलाउन कठिन भइरहेको उक्त चेपाङ बस्तीमा चामल, तेल, दाल र साबुन जस्ता अत्यावश्यक सामाग्री वितरण गरेको हो । उक्त राहत साम्रगी फुड बैकको सहकार्यमा इन्स्योरेन्सका धादिङ उपशाखा प्रमुख जयराम ढुङ्गानाले वितरण गरेका हुन् ।

Esewa
Crest

यसअघि कम्पनीले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा समेत यस साढे सात लाख रुपैयाँ गरेको थियो । यस कठीन समस्यामा रहेका जनसमुदायलाे लाई कम्पनीले गरेको सानो सहयोगबाट केही राहत मिल्ने विश्वास लिएकोे कम्पनीका कार्यकारी उप-प्रमुख प्रकाश विक्रम खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS