IME Life New

ज्योति लाईफमा आबद्ध सबैले राप्ती लाईफ केयर अस्पतालमा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकहरुले राप्तीलाईफ केयर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवामा छुट पाउने भएका छन् । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त देशको सम्पुर्ण प्रदेशहरुमा अन्य सेवा सुविधा विस्तार गर्ने क्रममा तुल्सीपुर, दाङ्ग स्थित राप्ती लाईफ केयर अस्पतालँंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न गरेको हो ।

सम्झौतापत्रमा इन्स्योरेन्सका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र र अस्पतालका प्रमुख कार्यकारी अधिकृत हरी प्रसाद रिजालले सयुक्त रुपमा हस्ताक्षर गरे । सम्झौता पश्चात दाङ्ग लगायत आसपास क्षेत्रका कम्पनीसँग आबद्ध सम्पूर्ण महानुभावहरु लाभान्वित हुने कम्पनीले विश्वाश लिएको छ ।

Esewa
Crest

उक्त सम्झौता पछि ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक,अभिकर्ता,कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले अस्पतालबाट उपलब्ध हुने उच्च स्तरिय स्वास्थ्य उपचार सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS