IME Life New

ज्योति लाइफमा आवद्ध बीमितले बीमाशुल्क नविकरण गराए कोरोना बीमा सुविधा पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले आफना बीमीतहरुको बीमा गराउने भएको छ। कम्पनीले बैशाख २७ गतेदेखि जेष्ठ मसान्त भित्र सावधिक जीवन बीमाको नवीकरण बीमा शुल्क तिर्ने बीमितहरुको लागि कोरोना बीमा गराउने जनाएको छ।

कोभिड–१९ को विरुद्ध ५० हजार रुपैयाँ बराबरको जोखिम बहन हुने गरि १ वर्षको लागि बीमा सुविधा दिने भएको छ । विश्व नै कोरोना भाइरस कोभिड–१९ बाट  भै रहेको अहिलेको विषम परिस्थितीमा कम्पनीले “बीमितहरुको सुरक्षा, हाम्रो दायित्व” भन्ने नाराका साथ बीमितहरुको लागि यो सुविधा थप गरेको हो सो वापत लाग्ने बीमाशुल्क कम्पनीले नै तिरिदिने भएकोले यसबाट बीमितहरुलाई कुनै आर्थिक भार नपर्ने कम्पनीले जनाएको छ ।

Esewa
Crest

यस योजनाबाट ज्येष्ठ मसान्त भित्र नवीकरण बीमा शुल्क तिर्ने सम्पुर्ण बीमितिहरुले कोभिड–१९ को बीमालेखमा उल्लेखित शर्त बमोजिम बीमितको पिसीआर पद्धतीबाट कोरोना भाइरस परिक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएमा सम्बन्धीत बीमा कम्पनीले बीमितलाइ एकमुष्ट ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ ।

यस योजनाबाट कम्पनीका १० हजार भन्दा बढी बीमितहरु लाभान्वित हुन सक्ने विश्वास कम्पनीले लिएको छ । सम्पूर्ण नवीकरण योग्य बीमितहरुलाइ विभिन्न अनलाइन सेवा, कम्पनीको बैक खातामा रकम जम्मा गर्ने वा नजिकको शाखा/उपशाखा कार्यालयमा सम्पर्क गरि नवीकरण बीमा शुल्क तिरी कम्पनीले दिएको सुविधाबाट लाभ आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS