IME Life New

ज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा शतप्रतिशत छुट पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखको नविकरणमा बीमितलाई ब्याज रकममा शत प्रतिशत छुटको अवधि थप गरेको छ ।

गत जेठ महिनादेखि बीमालेख नविकरण अभियान संचालन गरेको ज्योति लाईफले नविकरण बीमाशुल्क भुक्तानी गर्न दुई वर्ष ननाघेका सम्पूर्ण बीमितलाई बीमालेखको नविकरण गर्दा लाग्ने ब्याज पुरै छुट दिने घोषणालाई असार ३२ गतेसम्मको लागी निरन्तरता दिएको हो । यसअघि पछिल्लो समयममा असार १ देखि असार २५ गतेभित्रमा नविकरण गर्दा ब्याज नलाग्ने घोषणा गरिएको थियो । कम्पनीले ताजा सूचना प्रकाशन गर्दै असार २६ देखि असार ३२ गतेसम्मको लागी ब्याज छुटको समयावधि थप गरिएको जानकारी दिएको छ ।

Esewa
Crest

ज्योति लाईफका बीमितले नविकरण बीमाशुल्क भुक्तानी नगरेका कारण व्यतित हुन पुगेको बीमालेखहरु मध्ये बीमाशुल्क भुक्तानी गर्न दुई वर्ष ननाघेका बीमितहरुको लागी मात्र शत प्रतिशत बीमाशुल्क छुटको घोषणा गरेको हो । दुई वर्षभन्दा बढी अवधिको बीमाशुल्क बाँकी रहेको बीमितको हकमा ब्याज छुटको सुविधा दिइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS