IME Life New

ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेवल इन्टरनेशनलको अध्यक्षमा निर्वाचित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउन्ड टेवल इन्टरनेशनल द्दण्द्दद्द(द्दघ को अध्यक्ष पदमा निर्वाचित भएका छन् । उनी उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुन् । राउण्ड टेबल संसारको ६८ देशहरुमा क्रियाशील संस्था हो । अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालयनिर्माण तथा अन्य कार्यहरु गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

राउन्ड टेवल इन्टरनेशनल १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरूको संगठन हो। युवाहरूको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवर्द्धन गर्नु हो। यस संस्थाको अद्वितीय विशेषता यो हो कि यो सधैं जवान रहन्छ, किनभने टेबलरहरू ४५ वर्षको भएपछि युवाहरूलाई बाटो दिँदै सो दायित्व बाट बिश्राम लिने गर्दछन । राउन्ड टेबलको धारणा “एडिओपीटी, एडिएपीटि, इम्प्रुभ” हो।

Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS