IME Life New

जेठ महिनामा निर्जिवन बीमा कम्पनीहरुले कति गरे बीमाशुल्क आर्जन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले जेठ महिनामा १ अर्ब ९२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको तथ्याङ्कमा समावेश गरेको छैन ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।दोस्रोमा  शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २१ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले जेठ महिनामा २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Esewa
Crest

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले १५ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १३ करोड रुपैयाँ, आईएमइ जनरल इन्स्योरेन्सले १३ करोड रुपैयाँ, नेको इन्स्योरेन्सले १२ करोड रुपैयाँ, एनलजी इन्स्योरेन्सले १२ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १० करोड रुपैयाँ र प्रिमियर इन्स्योरेन्सले ९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको जेठ महिनामा अजोड इन्स्योरेन्सले ८ करोड रुपैयाँ नेपाल इन्स्यारेन्सले ७ करोड रुपैयाँ, ओरियन्टल इन्स्योरेन्सले ६ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ५ करोड रुपैयाँ, नेश्नल इन्स्योरेन्सले ५ करोड रुपैयाँ, युनाईटेड इन्स्योरेन्सले ४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ३ करोड रुपैयाँ र सानिमा इन्स्योरेन्सले २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

यस्तै, ओरियन्टल इन्स्योरेन्स कम्पनीले ८४ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ७८ करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ६४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ, , युनाइटेड इन्स्योरेन्सले ५४ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४४ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले २७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS