IME Life New

जीवन बीमा के हो र किन गर्ने ? कति प्रकारका हुन्छन् ? के-के कुरामा ध्यान दिने ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मानिसको जीवनको जोखिमविरुद्ध गरिने बीमालाई ‘जीवन बीमा’ भनिन्छ। मानिसको जीवनमा आइपर्ने जोखिमले जीवनलाई कुनै क्षति पुगेमा वा मृत्यु भएमा बीमाले सोबापत क्षतिपूर्ति प्रदान गर्ने गर्दछ। जीवन बीमाको अवधि समाप्त भएपछि वा कथमकदाचित बीमितको मृत्यु भएमा हकवालाले बोनससहित एकमुष्ठ रकम पाउँछन्।

जीवन बीमालाई सावधिक जीवन बीमा, आजीवन जीवन बीमा र म्यादी जीवन बीमा गरी ३ प्रकारमा विभाजन गरिएको छ।

Crest

आजीवन जीवन बीमा

बीमितको मृत्युपश्चात मात्र निजको हकवालालाई बीमा बापतको रकम प्रदान गर्ने गरी बीमितको जीवनभरका लागि गरिएको बीमा नै आजीवन जीवन बीमा हो। यस्तो बीमामा बीमितले जीवनभर बीमाशुल्क बुझाउनुपर्छ र बीमितको मृत्युपश्चात बीमितको हकवालालाई एकमुष्ठ बीमाबापतको रकम प्रदान गरिन्छ।

सावधिक जीवन बीमा

कुनै निश्चित अवधिसम्मको लागि गरिने बीमा नै सावधिक जीवन बीमा हो। बीमित जीवितै रहेमा निजलाई, बीमा अवधिको बीचमा बीमितको मृत्यु भएमा बीमितको हकवालालाई बीमांक रकम प्रदान गरिन्छ।

म्यादी जीवन बीमा

बीमाको अवधि भित्र बीमितको मृत्यु भएमा निजको हकवालालाई बीमा बापतको रकम प्रदान गर्ने गरी छोटो अवधिका लागि गरिने बीमालाई म्यादी जीवन बीमा भनिन्छ। यस्तो बीमा गरिएको अवधिभित्र कुनै दुर्घटना नभएको अवस्थामा उक्त अवधि पश्चात बीमितले कुनै पनि रकम पाउँदैन। यो बीमा केवल सुरक्षा दिने प्रकारको मात्र हुन्छ, यसमा लगानी तथा बचत हुँदैन।

किन गर्ने जीवन बीमा ?

  • आश्रितका लागि राहत,
  • परिवारमा कमाउने व्यक्तिको मृत्युबाट हुने आर्थिक क्षतिलाई कम गर्न,
  • भविष्यको शिक्षाको खर्च व्यवस्थापन¸बाल बच्चालाई पालन पोषण गर्न,
  • आश्रितहरुको भलाई तथा निर्भरताको उन्मुलन गर्न,
  • कर छुटको सुविधा,

कसरी गर्न सकिन्छ बीमा ?

नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्र प्राप्त जीवन बीमा कम्पनीहरुमा रहेका एजेन्टहरुमार्फत वा सोझै बीमा कम्पनीमा गई आफूलाई आवश्यक जीवन बीमा गर्न सकिन्छ।

जीवन बीमा गर्दा के–के कुरामा ध्यान दिने ?

  • बीमितले बीमा गर्नु अगाडि आफूलाई आवश्यक पर्ने बीमाको यकिन गर्नुपर्दछ।
  • बीमालेखका सम्पूर्ण सर्त एवं सुविधाका बारेमा जानकारी लिनुपर्दछ।
  • आफ्नो पेसा, व्यवसाय एवं आर्थिक स्तरको ध्यान राखी बीमालेख खरिद गर्नुपर्दछ।
  • बीमालेख नवीकरण मिति, इच्छाएको व्यक्ति, बीमालेखबापत रकम पाउने तथा नपाउनेजस्ता विषयमा बीमालेख खरिद गर्नुभन्दा अगाडि राम्रोसँग बुझ्नुपर्दछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

78%

खुसी

0%

दु :खी

0%

अचम्मित

22%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS