IME Life New

जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्च साढे ४ अर्ब माथि, कुनले कति गरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रोे त्रैमासको अन्त्यसम्मा ४ अर्ब ६६ करोड रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनीहरुले उक्त रकम बराबरको व्यवस्थापन खर्च गरेको वित्तीय विवरणमा उल्लेख गरेका छन् ।

Esewa
Crest

चालु आर्थिक बर्षको दोस्रोे त्रैमासम्ममा सबैभन्दा धेरै व्यवस्थापन खर्च गर्ने कम्पनी नेपाल लाइफ, नेशनल लाइफ, युनियन लाइफ, लाइफ इन्स्योरेन्स कर्पोशन (नेपाल) रहेका छन् ।

नेपाल लाइफले पुस मसान्तसम्ममा ४८ करोड ६ लाख रुपैयाँ खर्च गरेको छ । दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिसम्ममा ४५ करोड ९७ लाख रुपैयाँ खर्च गरेको छ ।
तेस्रोमा युनियन लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले पुस मसान्तसम्ममा ४० करोड ८० लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

त्यस्तै, चौथौमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) रहेको छ। कम्पनीले यस अवधिसम्ममा ३८ करोड ५७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।
समिक्षा अवधिमा प्राइम लाइफले २९ करोड ६४ लाख रुपैयाँ, गुराँस लाइफले २८ करोड ७६ लाख रुपैयाँ, सिटिजन लाइफले २७ करोड २७ लाख रुपैयाँ, आइएमई लाइफले २६ करोड ५ लाख रुपैयाँ, एशियन लाइफले २५ करोड ४१ लाख रुपैयाँ, सूर्या लाइफले २५ करोड १० लाख रुपैयाँ, मेट लाइफले २२ करोड १८ लाख रुपैयाँ र रिलायन्स लाइफले १९ करोड १६ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन्।

त्यस्तै, ज्योति लाइफले १८ करोड ९० लाख रुपैयाँ, प्रभु लाइफले १४ करोड २१ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १३ करोड ५३ लाख रुपैयाँ, सन नेपाल लाइफले १२ करोड ६७ लाख रुपैयाँ, सानिमा लाइफले १० करोड १२ लाख रुपैयाँ, महालक्ष्मी लाइफले ९ करोड ९२ लाख रुपैयाँ र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले ९ करोड ७२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेका छन् ।

व्यवस्थापन खर्च अन्तर्गत कर्मचारीको तलब भत्ता, एजेन्टले प्राप्त गर्ने इन्सेन्टिभ, विज्ञापन खर्च, कम्पनीको केन्द्रिय तथा शाखा कार्यलयको घर भाडा लगायत कम्पनीका प्रत्यक्ष खर्चहरु यसमा समावेश गरिएको हुन्छ। तर अभिकर्ताले पाउने कमिसन तथा बीमितको स्वास्थ्य परिक्षण खर्चलाई भने यसमा समावेश गरिदैन।

बीमा कम्पनीहरुले देशव्यापी रुपमा शाखा सञ्चाल विस्तार गर्दा व्यवस्थापन खर्च बढिरहेको छ। शाखा सञ्जामा खासै ध्यान नदिएको राष्ट्रिय बीमा संस्थानको व्यवस्थापन खर्च सबैभन्दा कम छ। अर्को तर्फ व्यापार विस्तारमा आक्रामक नेपाल लाइफको व्यवस्थापन खर्च सबैभन्दा धेरै छ। कम्पनीले आफ्नो शाखा सञ्चाल देशव्यापी रुपमा विस्तार गरिरहेको छ। साथ साथै कर्मचारी खर्च पनि हरेक वर्ष बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS