IME Life New

जीवन बीमकहरुको व्यवसाय बागमती प्रदेशमा केन्द्रित, कर्णालीमा घट्दा अन्य प्रदेशमा कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवसाय बढीजसो बागमती प्रदेशमै केन्द्रित रहेको देखिन्छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पुस महिनासम्मको तथ्यांकले यस्तो देखाएको हो। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले यो ६ महिनामा ७४ अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीले बागमती प्रदेशबाट मात्रै ३३ अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन्। यो हिसाबले बीमा कम्पनीहरुले बागमती प्रदेशमा मात्रै ४५.१७ प्रतिशत व्यवसाय गरेको देखिन्छ।

अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा कम्पनीहरुको व्यवसाय बागमती प्रदेशमा १.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष बागमती प्रदेशबाट कम्पनीहरुले ३३ अर्ब ४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

Esewa
Crest

यसैगरी बीमा कम्पनीहरुको दोस्रो ठूलो बजार लुम्बिनी देखिएको छ। यो ६ महिनामा कुल व्यापारको १५.३१ प्रतिशत हिस्सा लुम्बिनीमा रहेको देखिन्छ।

कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिनामा लुम्बिनी प्रदेशबाट ११ अर्ब ३६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्ष कम्पनीले लुम्बिनी प्रदेशबाट १० अर्ब १० कराड रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए। यो हिसाबले लुम्बिनी प्रदेशमा पनि व्यवसाय १२.४२ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको तुलनामा कोशीमा जीवन बीमा कम्पनीहरुको व्यवसाय ४.७३ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीहरुले ८ करोड ४६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। कोशीमा जीवन बीमा कम्पनीहरुको बजार हिस्सा ११.९४ प्रतिशत रहेको छ।

यसैगरी कुल व्यापारको हिसाबले जीवन बीमा कम्पनीहरुको हिस्सा गण्डकीमा १०.१५ प्रतिशत, मधेशमा ८.७५ प्रतिशत, सुदूपश्चिममा ५.९१ प्रतिशत र कर्णालीमा २.७७ प्रतिशत रहेको देखिन्छ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको गण्डकी, मधेश र सुदूपश्चिममा पनि व्यवसाय बढे पनि कर्णालीमा भने घटेको छ। अघिल्ले वर्ष यही अवधिसम्म गण्डकीबाट जीवन बीमा कम्पनीहरुले ७ अर्ब ७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ७ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ।

यस्तै समीक्षा अवधिसम्म मधेशमा पनि जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन बढेर ६ अर्ब ४९ करोड रुपैयाँ र सुदूपश्चिममा ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म जीवन बीमा कम्पनीहरुले मधेशबाट ६ अर्ब ४४ करोड रुपैयाँ र सुदूपश्चिमबाट ३ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए।

समीक्षा अवधिसम्म कर्णाली प्रदेशमा भने जीवन बीमा कम्पनीहरुको व्यवसाय २९.९१ प्रतिशतले घटेको छ। अघिल्लो वर्षसम्म जीवन बीमा कम्पनीहरुले कर्णाली प्रदेशबाट २ अर्ब ९३ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिसम्म घटेर २ अर्ब ५ करोड रुपैयाँमा झरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS