IME Life New

जीडीपीलाई वित्तीय क्षत्रेले उछिनेको छ : नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले राष्ट्रिय अर्थतन्त्रको आकार (जीडीपी) लाई वित्तीय क्षत्रको आकारले उछिनेको बताएका छन् । रेडियो भ्वाईस अफ नेपालको सुभारम्भ कार्यत्रममा कार्यकारी निर्देशक थापाले वित्तीय क्षत्रको आकार ठूलो हुँनुमा विप्रेशण आप्रवाह (रेमिट्यान्स)ले महत्वपूर्ण भूमिका खेलेको बताए ।

Crest

निर्देशक थापाका अनुसार मुलुकले बार्षिक रुपमा ७५५ अर्ब रेमिट्यान्स प्राप्त गर्ने गरेको छ, जुन राष्ट्रिय अर्थतन्त्रको आकार अर्थात जिडिपिको २५ प्रतिशत हुन आउँछ । नेपालमा ५४ लाख रहेकोमा त्थ्यसको ५६ प्रतिशतले विप्रेशण आप्रवाहमा सहभागिता जनाएको बताए । विप्रसण आप्रवाहमा भएको निरन्तरको वृद्धिले कृषि उत्पादन क्षेत्रको आकारलाई पनि उछिनेको उनको भनाई छ ।

मंगलबार काठमाण्डौंमा आयोजीत कार्यक्रममा कार्यकारी निर्देशक थापाले नेपालको समृद्धिको लागि वित्तीय परिचालनले महत्वपूण भूमिका खेल्ने बताए । मुलुको समृद्धिको आधारहरुमा वित्तीय परिचालन पहिलो र दिगो आर्थिक विकास, संस्थागत सुधार, भ्रष्ट्रचार नियन्त्रण लगायतका अन्य क्रमशः रहने उनको भनाई छ ।

थापाले आर्थिक बहसलाई प्रथामिकतामा राखेर स्थापना भएको रेडियोले मुलुकलाई समृद्धिको बाटो तर्फ लैजान समेत महत्वपूर्ण भूमिक खेल्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS