IME Life New

जाल्पा लघुवित्तको साधारण सभा सम्पन्न, ४ जना संचालक निर्वा्चित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आफ्नो प्रथम बार्षिक साधारण सभा सम्पन्न गरेको छ । वित्तीय संस्थाको संचालक समितिका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा पोखराको लेकसाईड स्थित वाटर फ्रन्ट रिर्सोटमा सम्पन्न भएको हो ।

उक्त सभामा निर्णयार्थ पेश भएका सामान्य र बिषेश प्रस्ताव सभाबाट पारित भएका थिए । उक्त कार्यक्रममा शेयरधनीहरुलाई सञ्चालक शान्ती कुमारी शर्माले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका कम्पनी सचिव समेत रहनुभएका प्रमुख कार्यकारी अधिकृत अशोक आचार्यले गरेका हुन् ।

Esewa
Crest

सभामा आ.व. २०७५/७६ को सञ्चालक समितिको प्रतिबेदन, वित्तीय विवरणहरु, लेखा परिक्षक तथा निज को पारिश्रमीक तोक्ने प्रस्तावहर पारित भएको छ । त्यस्तै संस्थापक शेयरधनीको प्रतिनिधित्व हुने गरी समुह (क) अन्र्तगत ४ जना संचालकहर क्रमशः अर्जुन श्रेष्ठ, वीरबहादुर अधिकारी, मिनप्रसाद शर्मा भट्टराई र सरस्वती बराल निर्विरोध निर्वा्चित भएका थिए ।

त्यस्तै, नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ बर्गका अन्य लघुवित्त वित्तीय संस्थाहरु संग गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) हूने प्रयोजनका लागी सम्पूर्ण आवश्यक कार्य गर्न संचालक समिति लाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको पूँजी बृद्घी गर्नकोे लागि हाल कायम रहेको चुक्ता पूंजीको शेयरको अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका प्रस्तावहरु समेत सर्वसम्मतले पारित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS