IME Life New

जन्मने वित्तिकै ६ हजारसहित बैंक खाता खोलिदिने जुम्लाको पातारासी गाउँपालिकाको घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

खलंगा । जुम्लाको पातारासी गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ ।

बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले तीन हजार र अभिभावकले तीन हजार गरी एकैपटक ६ हजार रूपैयाँ जम्मा गरिदिने गरेको छ ।

Esewa
Crest

गाउँपालिकावासीलाई बैंकको पहुँचमा र्पुयाउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रम सुरू गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताए ।

स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले तीन हजार रूपैयाँ बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् ।

भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताए । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रम शुरु गरिएको उनको भनाई छ । उनका अनुसार स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको छ ।

स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै गाउँपालिकाले जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको हो । गत वर्षसम्म २५ सय जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि ५ सय थपेर तीन हजार रूपैयाँ र्पुयाएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने भएकाले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताए ।

“अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भने, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताए ।

रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS