IME Life New

जनचेतना अभावमा बाली बीमा लगभग शून्य, आकाशमा सलह घुम्दा किसानका अर्बौ रुपैयाँको बाली जोखिममा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमक संघले हाल देशका विभिन्न भागमा छिरेको सलहका कारण किसानको बाली नष्ट भएमा बीमित किसानलाई बीमा कम्पनीले क्षतिपूर्ति दिने जनाएको छ । तर, जनचेतनाको अभावमा किसानले बाली बीमा नगरेका कारण असाध्यै थोरै (औलामा गन्न सकिने) किसानले मात्रै दावी भुक्तानी पाउने अवस्था छ । यतिबेला भारतबाट छिरेका लाखौं सलह नेपाली आकाशमा घुमिरहेका छन् । किसानले खेतबारीमा लगाएको अर्बौ रुपैयाँको बाली जोखिममा परेको छ ।

किसानले बीमा कम्पनीहरुबाट क्षतिपूर्ति दावीको लागि बीमा गरेको हुनुपर्छ । बाली बीमाको लागि सरकारले ७५ प्रतिशत अनुदान दिने व्यवस्थासहित किसानलाई राहत दिँदै आएको छ । किसानले जम्मा २५ प्रतिशत बीमा शुल्क तिरेपछि बाली बीमा गर्ने सुविधा गाउँ गाउँमा पुगिसकेको छ । किसानले आफ्नो क्षेत्रमा पर्ने बीमा कम्पनीसँग समन्वय गरी बीमा गरेको भए हाल नेपालमा छिरेको सलहले पुर्याएको क्षतिबाट किसानले कुनै चिन्ता लिनुपर्दैन । तर, बीमा नगरेका किसानले भने बाली बीमाको दावी भुक्तानीको सुविधा पाउदैनन् ।

Crest

भारतमा किसान लक्षित तीन वटा बीमा योजना भएपनि नेपालमा भने सरकारी अनुदानको एउटा मात्रै बीमा योजना सञ्चालनमा छ । विदेशका कतिपय ठाउँमा बीऊ र मूल्यश्रृंखलामा आधारित बीमा योजना सञ्चालित भएपनि नेपालमा भने खेतबारीमा लगाईएको बालीको संरक्षणको दायित्व मात्रै बीमा कम्पनीले व्यहोर्नेछ ।

बीमा समितिको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कूल ४१ करोड ९२ लाख ५० हजार ७५८ रुपैयाँको कूल बीमाङ्क रकम बराबरको दायित्व नेपालका विभिन्न २० वटा बीमा कम्पनी बहन गरेका छन् । समितिको तथ्याङ्क अनुसार गत असोज महिनासम्ममा तरकारी, च्याऊ, केरा, उखु, सुन्तला, स्याऊ, अदुवा, अलैची, धान मकैं गहुँ लगायत गरी कूल ६७८ वटा बीमा पोलिसी जारी भएका छन् । कृषि बीमाको तथ्याङ्क अनुसार चालु आवको पहिलो त्रैमाससम्ममा एक करोड ९५ लाख ५७ हजार ४१३ रुपैयाँ बीमा शुल्क बीमा कम्पनीहरुले लिएका छन् । सोही अवधीमा पुशबीमा शुल्क २६ करोडभन्दा बढि संकलन भएको छ । पशुबीमा र कृषि बीमामा ठूलो अन्तर रहँदै आएको छ । पशुबीमा सहकारी, महिला समुहले समेत गर्ने गरेका कारण पहुँच विस्तार भएको छ भने बाली बीमाको पहुँच अत्यन्तै न्यून छ ।

पहिलो त्रैमासिक प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा अवधीमा २० वटा बीमा कम्पनीले देशका ७७ वटा जिल्लामा जम्मा एक वटा मात्रै च्याऊ पोलिसी बिक्री गरेका छन् । त्यस्तै, अन्य फलफूल ५, अलैची ४ र धानगहुँको ६ वटा मात्रै बीमा पोलिसी बिक्री भएको छ ।

माथिको तथ्याङ्क हेर्ने हो भने नेपालमा बाली बीमाको अवस्थामा सुरुवाती चरणमा समेत प्रवेश नगरेको देखिएको छ । किसानले पशुधनको बीमा गर्ने गरेको भएपनि बाली बीमाको अवस्था अत्यन्तै दयनीय देखिएको छ । बीमा कम्पनीहरुले सलहले पुर्याएको क्षतिको दावी भुक्तानी गर्ने जनाए पनि किसानले बीमा नगरेका कारण त्यस्तो क्षतिको दावी भुक्तानी पाउने सम्भावना छैन ।

सलहको माहामारीका बीचमा बीमा कम्पनीहरु किसानको माँझमा गई कृषि बीमाको प्रचार गर्ने उपयुक्त मौका यही बेला भएको बीमा विश्लेषकहरुको भनाई छ । आकाशमा सलहको महामारी फैलिएको घट्नाले कृषि बीमा निर्जिवन बीमाका लागि भर्जिन क्षेत्र हुनसक्ने देखिएको छ ।

कृषि बीमामा लामो समयदेखि केही बीमा कम्पनीहरुले लगानी गर्दै किसानको मनजित्ने प्रयत्न गरिरहेको भएपनि जनताको बीमा अझै पनि बाली बीमाको प्रचार प्रसार पुग्न सकेको छैन । किसान लक्षित जनचेतना, बीमाका सहज प्रावधानसहित बीमा कम्पनीहरु गाउँ गाउँमा खटाउन सकेमा नेपाली निर्जिवन बीमा कम्पनीहरुको लागि टर्निङ प्वाईन्ट नै बन्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS