IME Life New

जनउत्थान सामुदायिक लघुवित्तको हकप्रद भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज (साउन १५) अन्तिम दिन हो ।

लघुवित्तले साउन १२ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीले १ बराबर १ को अनुपातमा २ लाख ८८ हजार कित्ता सेयर बिक्री गरेको हो । जनउत्थानको प्रतिकित्ता १ सिय रुपैयाँ दरको २ करोड ८८ लाख रुपैयाँको हकप्रद खुला भएको हो ।

Esewa
Crest

कम्पनीले गत वर्ष कायम चुक्ता पूँजी २ करोड ८८ लाख रुपैयाँको १०० प्रतिशत हकप्रद सेयर जारी गरेको हो । असार १ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद भर्न पाउनेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रुपन्देही तथा यसका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तिय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS