IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्धारा हावाहुरी पिडितलाई ७ लाख ८८ हजार रुपैयाँ आर्थिक सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले हावाहुरी पिडितलाई सहयोग गरेको छ । जेष्ठ २३ गते आएको बिनासकारी हावाहुरीले कञ्चनपुर जिल्लाको लालझाडी शाखामा आबद्ध सदस्यहरुमा पुराएको क्षती अध्ययन गदै सो अध्यायनका आधारमा राहात वितरण गरेको छ । सो राहात सस्थाका आन्तरीक लेखा परिक्षक,अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख वरिष्ठ अधिकृत बसन्त पचभैयाको अध्यक्षतामा असार ६ गते राहत बितरण गरेको हो ।

सो गाउँपालिकाका अध्यक्ष मदन सिह कठरियाले संस्थाले जुन प्रकारको राहत बितरण गरेको छ उतm कार्य सहरानिय भएको र एउटा सहयोगीको भावनाको बिकास निर्माण गरेको र अरुलाइै पनि सहयोग गर्ने बातावरण तयार गरेको भन्दै प्रशंसा व्यक्त गरे ।

Crest

साथै हावाहुरी पिडितहरुलाई राहत सुविधामा मात्र भर नपरेर बर्खा लागी सकेकाले आ आफ्नो बस्ने घर बनाउनहुन र केही समस्या भएमा गाउँपालिकाले सहयोग गर्न तयार रहेको जानकारी दिए । साथै गाउँपालीकाले समेत लागत संकलन गरीरहेकोे र छिटै राहत बितरण गर्ने जानकारी समेत दिए ।

त्यसैगरी, संस्थाका आन्तरिक लेखापरिक्षक, अनुगमन र मुल्याकन बिभागका बिभाग प्रमुख पचभैयाले असार ६ गते नै लालझाडी शाखाका सदस्यहरु ४६ जनालाई ७१ हजार र
रैकवार बिचवा शाखाबाट ३ सय ९० जनलाई ७ लाख १७ हजार रातवितरण गरेको जानकारी दिए ।

त्यस्तै सदस्यको बच्चा जन्म हुदा सुत्केरी सुविधा,मृत्यु हुदा कागक्रिया, प्राकृतीक प्रकोप राहत सुविधा र सदस्यको मृत्यु भएको अवस्थामा कर्जा मिनाहाको गदै आएको बताए । यस आ.व.मा सुत्केरी सुविधा १ सय ६७ जनालाई २ लाख ४८ हजार,काजक्रिया खर्च ४४ जनालाई १ लाख ३१ हजार,क्रृण मिनाह २३ जनालाई ९ लाख ७० हजार ९ सय ५८, आर्थीक बिपन्न भएको १२ जनालाई रु ५० हजार र प्राकृतीक प्रकोप हावाहुरी पिडित ४ सय ३६ जनालाई ७ लाख ८८ हजार राहत वितरण गरेको जानकारी दिए ।

१९ जिल्ला कार्य क्षेत्र बनाई र ३९ वटा शाखा कार्यालय मार्फत करिव ३७ हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । आगामी दिनमा पनि यस्तै सेवा प्रदान गर्नेे संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS