IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृतकको परिवारलाई काजक्रिया खर्च तथा कर्जा मिनाहा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय भानुले मृतकको परिवार सदस्यलाई कर्जा मिनाहा तथा काजक्रिया खर्च रकम प्रदान गरेको छ ।

भानु नगरपालिका वडा न.०१, ठुलोस्वाँरामा सञ्चालन रहेको ठुलोस्वारा जनउत्थान बैकिङ समुदायमा आबद्ध समुह कि सदस्य स्व. तिल कुमारी गुरुङको असार १७ गते २२ वर्षको उमेरमा भएको असमाहिक निधन प्रति दुख व्यक्त गर्दै मृतकले उपभोग गरेको कर्जा शाखा कार्यालय भानुका शाखा प्रमुख सन्तोष सापकोटाले मृतकको ससुरा मन लाल गुरुङलाई एक कार्यक्रमका बिच काजक्रिया खर्च बापत तीन हजार रुपैयाँ हस्तान्तरण गर्दै ७२ हजार कर्जा मिनाहा भएको जानकारी पत्र समेत हस्तान्तरण गरे ।

Esewa
Crest

संस्थाले सामाजिक उत्तरदायित्व लाई मुख्य प्राथमिकतामा राखी संस्थाको ग्राहक संरक्षण कोष मार्फत समुहमा आवद्ध सदस्यहरुलाई सुत्केरी भत्ता, ग्राहकहरुको परिवारमा गम्भीर रोगबाट पिडित हुदाँ आर्थिक सहयोग, विपतमा परेका समुह सदस्यहरुलाई सहयोग, मृतकको ऋण मिनाहा तथा क्रियाखर्च वितरण, वित्तीय साक्षरता लगाएत विविध प्रकारका संस्थागत सामाजिक उत्तरदायित्व सँग सम्बन्धी कार्यहरु गर्दै आएको शाखा प्रमुखले बताए ।

पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग सीमाना जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ जिल्लामा ३९ वटा शाखा कार्यालयहरु विस्तार गरी करिव ४२,५०० समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS