IME Life New

जनउत्थान लघुवित्तको १८ हजार ५०३ कित्ता सेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको भदौ १० गतेबाट सर्वसाधारण समूहको १८ हजार ५०३ कित्ता सेयर लिलामी खुल्ने भएको छ ।

लघुवित्तले गत असार १२ गतेदेखि साउन १७ गतेसम्म बिक्रीमा ल्याएको चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयरमा सर्वसाधारण समुहको १८ हजार ५०३ कित्ता शेयर बिक्री नभएपछि सो शेयर लिलामी बिक्रीमा ल्याउन लागेको हो।

Esewa
Crest

कम्पनीको लिलामी शेयरमा सर्वसाधारणले न्युनतम १०० कित्तादेखि अधकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सकिने छ। लिलामी शेयरमा कम्तिमा सय रुपैयाँ अंकित गरी प्रतिशपर्धात्मक मूल्यमा बोलपत्र आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल, नारायणचौर नक्साल काठमाडौं तथा जनउत्थनाको मुख्य कार्यालय बुटवलबाट पनि आवेदन दिन सक्नेछन् ।

यसैगरी, सिद्धार्थ बैंकको विराटनगर, विर्तामोड, जनकपुर, हेटौडा, पोखरा, बाग्लुङ तथा बुटवलबाट आवेदन दिन सक्नेछन् । यसैगरी, नारायणगढ, घोराही, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालयबाट भदौ १७ गते सम्म आवेदन दिन पाइने छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४ करोड २९ लाख ६८ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले २ करोड ४६ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS