IME Life New

छोरीको जन्मदिनमा चौधरीले दिइन् १० लाखको बीमा पोलिसी उपहार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समयमा जन्मदिन जस्ता अवसरमा आफना सन्तान वा प्रियजनहरुलाई बीमा पोलिसी उपहार दिने चलनले प्राथमिकता पाँउदै आएको देखिन्छ। आफ्ना सन्तान र प्रियजनहरुको भविष्य सुनिश्चित होस् भन्ने अभिःप्रायले नेपालमा जन्मोत्स,वैवाहिक वर्षगाँठ जस्ता विशेष अवसरहरुमा बीमा पोलिसी उपहार स्वरुप प्रदान गर्ने शुभकार्यमा वृद्धि भईरहेको छ ।

त्यस्तै अभिप्रायकका साथ कैलालीकी भौनी देवी चौधरीले छोरीको जन्मदिनको अवसरमा जीवन बीमा गराएकी छन् । जिल्लाको गोदावरी नगरपालिका १ बस्ने भौनीले आफ्नी छोरी रिनाको गुराँस लाइफ इन्स्योरेन्स अत्तरिया शाखामा दश लाखको गुराँस जीवन श्री सावधिक तथा आजीवन बीमा गराएकी हुन् ।

Crest

फजुल खर्च गर्नुभन्दा पनि छोरीको बचत तथा सुरक्षाका दृष्टिकोणले जीवन बीमा गराएको भौनी चौधरीले बताइन् । उनले फजुल खर्च गर्नुभन्दा पनि जीवनको सुरक्षा तथा बचतको लागि सबैलाई जीवन बीमा गर्न आग्रह गरिन् ।

गुराँस लाइफ अत्तरिया शाखाका प्रमुख गजेन्द्र बहादुर भण्डारीले जन्मदिनको शुभकामना दिँदै आउने दिनहरूमा पनि यसरी बचत हुँदै जाने बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS